चीनका रक्षामन्त्री काठमाण्डौमा : सुरक्षा व्यवस्था कडा

 मंसिर १४, २०७७ आइतबार ११:२५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे काठमाण्डौ आइपुग्नुभएको छ ।

नेपालको एकदिने औपचारिक भ्रमणका लागि उहाँ काठमाण्डौ आउनुभएको हो ।

एयर चाइनाको विमानमार्फत् त्रिभुवन विमानस्थल ओर्लिएका रक्षामन्त्री वेई विमानस्थलबाट बालुवाटारमा रहेको चिनियाँ दूतावास पुग्नुभएको छ ।

एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाण्डौ आएका चिनियाँ रक्षामन्त्री ८ घण्टा बस्ने कार्यक्रम छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग दिउँसो बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता हुनेछ । परराष्ट्र मन्त्रालयले नेता वेइको यो भ्रमणलाई ‘कार्यगत’ भ्रमण भनेको छ । साथै भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझ सुदृढ हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको झण्डै एकवर्षपछि उच्चस्तरमा यो भ्रमण भएको हो । दुई दिनअघि मात्रै भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपालको भ्रमण गरी स्वदेश फर्कनुभएको थियो । चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई लक्षित गरेर आज काठमाण्डौको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया