दुई देशबीच भएका महत्वपूर्ण सम्झौता कार्यान्वयनको लागि नेपाल आएको हुँ : फेङहे

 मंसिर १४, २०७७ आइतबार १३:५४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनका रक्षामन्त्री वेइ फेङहे नेपाल आउनुभएको छ । रक्षामन्त्री फेङहे एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट बिहान १० बजे काठमाण्डौ आउनुभएको हो ।

उहाँलाई गृहमन्त्री रामबहादुर थापा बादलले त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गर्नुभएको छ । फेङहेले चीन र नेपालका राष्ट्रप्रमुखबीच विगतमा भएका महत्वपूर्ण सम्झौता कार्यान्वयनको सिलसिलामा आफू नेपाल आएको बताउनुभएको छ ।

सैन्य सहयोग वृद्धि गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्येश्यका साथ आफ्नो भ्रमण भएको बताउँदै फेङहेले दुई देशबीचको सम्बन्ध थप उचाईमा पुग्ने र भ्रमण नतिजामुखी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँ अहिले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ताको लागि जंगी अड्डा पुग्नुभएको छ ।

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयले नेता वेइको यो भ्रमणलाई ‘कार्यगत’ भ्रमण भनेको छ । साथै भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझ सुदृढ हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया