छिटाे चुनाव गरेर सरकारले फजुल खर्च बढाउन खाेजेकाे नबुझिदिन...
माघ १२, २०७७ सोमबार
काठमाण्डौ – टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा एच फाइभ गाडीका लागि 'वन डे वन्डर' कार्यक्रम गर्ने भएको छ । कम्पनीले मङ्सिर २१ गते टाटा मोटर्सको थापाथली शो रुममा कार्यक्रम गर्ने भएको हो ।
यस कार्यक्रम अन्तर्गत एच फाइभ गाडी बुकिङ तथा प्रि–बुकिङ गर्ने ग्राहकलाई नगद छुटसहित आकर्षक बोनस र उपहार दिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार साढे तीन लाखसम्मको नगद छुट, प्रत्येक बुकिङमा आइफोन ११, डेढ लाख रुपैयाँसम्मको एक्सचेन्ज लोयल्टी बोनस र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस दिइनेछ ।
यस्तै योजनाअनुसार अर्ली बर्ड रजिस्ट्रेशनअन्तर्गत मङ्सिर १९ गतेसम्म गएर अनलाइनमार्फत प्रि–बुकिङ गर्ने ग्राहकले २५ हजार रुपैयाँ नगद छुट र २५ हजारसम्मको थप एक्सचेन्ज लोयल्टी पाउने कम्पनीले जनाएको छ ।