खाँदबारीमा कुकुरकाे टाेकाइबाट ६ जना घाइते

पशु–चाैपायालाई पनि टाेक्याे

 मंसिर १८, २०७७ बिहिबार १४:२:५३ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका ३ को मानेभञ्याङ बजारमा कुकुरको टोकाइबाट ६ जना मानिस र नौ पशु चौपया घाइते भएका छन् ।

मानेभञ्याङ बजारमा बहुला कुकुरको टोकाइबाट स्थानीय हिमला राई, रोहित पौडेली, पुरन विश्वकर्मा, बालकुमार घिमिरे, नाम नखुलेका सात वर्षीय बालक र विमान रसाईली घाइते भएको खाँदबारी नगरपालिका ३ का अध्यक्ष भरतकुमार घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिन अघिदेखि बहुला कुकुरले जथाभाबी टोक्दैै हिँडेको छ । 

कुकुरको टोकाइबाट गम्भीर घाइते भएका सात वर्षीय बालकको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको वडाध्यक्ष घिमिरेले जानकारी दिनुभयो । कुकुरले टोकेका सबैलाई जिल्ला अस्पतालबाट निःशुल्क रेबिजविरुद्वको खोप दिइएको छ । 

कुकुरले स्थानीय ईश्वर घिमिरे, ज्ञानबहादुर घिमिरे, प्रेममणि घिमिरेको गाई र बाच्छोलाई टोकेर घाइते बनाएको छ । त्यसैगरी गायत्री खनाल, ज्ञानबहादुर घिमिरे, ऋषिराज घिमिरे, उमेश गुरुङको गाई र खाँदबारी नगरपालिका ४ का बाबुराम राईको बाख्रालाई पनि कुकुरले टोकेको हो ।    

एउटै कुकुरले बिहान र बेलुकीको समयमा टोकेको हो । त्यो कुकुर अझै पनि फेला नपरेको वडाध्यक्ष घिमिरेको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया