अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लिन अनिवार्य नगरिने

 मंसिर २०, २०७७ शनिबार ११:१८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लिन अनिवार्य नगरिने भएको छ ।

राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोभिड-१९ विरुद्धको खोप उपलब्ध भए पनि नागरिकलाई खोप लिन बाध्य नबनाइने बताउनुभएको हो । बाइडेनले कोरोना भाइरस विरुद्धको खोपलाई अनिवार्य बनाउन आवश्यक नपर्ने टिप्पणी गर्नुभएको बीबीसीको खबरमा उल्लेख छ ।

पीउ रिसर्च सेन्टरका अनुसार ६० प्रतिशत अमेरिकीहरू मात्रै कोरोना भाइरसविरुद्ध खोप लिन तयार देखिएका छन् । बाइडेनले एक सय दिनसम्म मास्क लगाउन भने नागरिकलाई आग्रह गर्दै आउनुभएको छ । सेन्टर्स फर डीजिज कन्ट्रोल (सीडीसी) ले अमेरिकामा कोरोना भाइरसको उच्च दर रहने समयमा प्रवेश गरेको बताएको छ ।

हिजो मात्र अमेरिकामा दुई हजार पाँच सयको ज्यान गएको छ । त्यहाँ अहिलेसम्म दुई लाख ८५ हजारको ज्यान गइसकेको छ । अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित हुने देशको सूचीमा पहिलो नम्बरमा छ । अमेरिकामा पछिल्लो तथ्याङ्क अनुसार एक करोड ४७ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण पुष्टि भैसकेको छ । तीमध्ये ८६ लाख ५८ हजारभन्दा धेरै निको भएका छन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया