असई थमन विक हत्या प्रकरण : जलेश्वरका मेयर र राजपाका महासचिव पनि अदालतमा हाजिर

 साउन २९, २०७५ मंगलबार १४:३२:३० | धनवीर महतो
unn.prixa.net

महोत्तरी –जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र(शाहीजी) र राजपाका केन्द्रीय महासचिव सुरेश पाण्डेय निवेदनसहित जिल्ला अदालत महोत्तरीमा हाजिर भएका छन । सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोग लागेका मेयर मिश्र र महासचिव पाण्डेय मंगलबार जिल्ला अदालतमा हाजिर भएका हुन् ।

जिल्ला अदालत महोत्तरीको १ नम्बर इजलासले दुवै आरोपितको बयान लिन सुरु गरिसकेको छ भने बयान सक्नासाथ थुनछेक बहस सुरु हुने जनाएको छ । बहसमा थप दुई अधिवक्ता ज्ञानेन्द्रकुमार लाल कर्ण र देवेन्द्र ठाकुर निरालाले प्रतिवादीको तर्फबाट बहस गर्नेछन् ।

असई विकको हत्यामा आरोपीलाई पक्राउ गर्नका लागि उच्च अदालत जनकपुरले परमादेश जारी दिएको भन्दै दुवैजना अदालत पुगेको रजिष्ट्रार रामान्नदप्रसाद अधिकारीले जानकारी दिए । वादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायाधीवक्ता सुदीप दंगाल बहस गर्नेछन् ।

यसअघि सामेबार प्रदेश नं. २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा अदालतमा आत्मसमर्पण गर्दा अदालतले मन्त्री शर्मालाई साधारण तारेखमा रिहा गरेका थिए ।

गएको भदौ २८ गते मधेश आन्दोलनको क्रममा घाइते भएका असई विकलाई उपचारको लागि जनकपुर लैजादा गर्दा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया