नेकपाका दुवै अध्यक्षका प्रस्तावमाथि स्थायी कमिटीको बैठकमा छलफल हुने

 मंसिर २०, २०७७ शनिबार १७:१७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयमा पेश भएका दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएकाे छ ।

आज झण्डै ४ घण्टा बसेको सचिवालय बैठकले दुवै अध्यक्षका प्रस्तावलाई छलफलको लागि स्थायी कमिटीको बैठकमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी कमिटीको बैठक भोलि दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता गरेर सहमतिमा नयाँ प्रस्ताव बनाउनुपर्ने बताए पनि प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नलिने अडान राख्नुभएको थियो । दुवै अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव सचिवालयमा पेश गरेपछि नेकपाभित्र विवाद चुलिँदो छ ।

ओलीले बैठक नै बस्न आनाकानी गर्दै आउनुभएको छ भने सचिवालयका अरु सदस्यले दुवै अध्यक्षका प्रस्ताव बैठकमै छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताउँदै आएका छन् । आजको बैठक सुरु हुनुअघि ओली र प्रचण्डबीच छलफल भएको थियो । ओली र प्रचण्डबीच २५ दिन पछि एक्लाएक्लै छलफल भएको हो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया