‘काेराेना खाेप अरू देशका नागरिकले प्रयाेग गर्ने अवस्थामा नेपालीले पनि पाउँछन्, ढुक्क हुनुस्’

 मंसिर २१, २०७७ आइतबार १६:४९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले कोरोना भाइरसविरुद्धको खोप अरु देशका नागरिकले प्रयोग गर्ने अवस्थामा नेपालका नागरिकले पनि प्रयोग गर्न पाउनेमा ढुक्क हुन आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म पूर्ण भरपर्दो खोप आविष्कार भइनसकेको र भरपर्दो खोप अरु देशका नागरिकले प्रयोग गर्ने अवस्थामा नेपालका नागरिकले पनि प्रयोग गर्न पाउने कुरालाई सरकारले सुनिश्चितता गरेको जानकारी दिनुभयो । यसका लागि विभिन्न उपसमिति नै गठन गरेर काम भइरहेको प्रवक्ता गौतमले बताउनुभयो ।

अहिलेसम्म शतप्रतिशत नतिजा दिने खोप पत्ता लागिनसकेकोले सरकारले जारी गरेका मापदण्डको पूर्ण पालना गर्नु नै जोखिम कम गर्ने उत्तम उपाय भएको प्रवक्ता गौतमको भनाइ छ । 

यस्तै कोरोनाको उपचार गरेको दोहोरो शुल्क लिने अस्पतालको अनुगमन हुने भएको छ । कोरोना उपचारको लागि सूचीकृत अस्पतालले बिरामीबाट र स्वास्थ्य मन्त्रालयबाट पनि शुल्क लिइरहेको गुनासो आएको भन्दै आइतबार बिहान भएको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले अनुगमन गरेर दोषी पाइए कारबाही गर्ने निर्णय गरेको छ । 
 
 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया