शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थालाई कारबाही हुने, निसान छाप प्रयोग भएकोमा ध्यानाकर्षण

 मंसिर २१, २०७७ आइतबार १९:२३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले शिक्षा आयोगको प्रतिवेदन छाप्नेलाई कारबाही गर्ने भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपालले सार्वजनिक गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा निसान छाप प्रयोग भएकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिलिपि अधिकार उल्लङ्घन भएको हुँदा कानुन बमोजिम कारबाहीको लागि पत्राचार गरिएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले औपचारिक रुपमा आयोगको प्रतिवेदन सार्वजनिक नगरेकाले सूचनाको हकप्रतिको दायित्व आफूहरुको पनि भएको बताउँदै आयोगका बहुमत सदस्यहरुले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेका थिए । त्यही प्रतिवेदनको प्रिन्ट संस्करण प्रकाशित गरेको भन्दै सरकारले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र ग्लोबल एक्सन नेपाललाई कारबाही गर्न लागेको हो । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया