उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
डा. झलक शर्मा गाैतम
काठमाण्डाै - कोरोना भाइरस विरुद्धको खोप ल्याउनका लागि आवश्यक पूर्वतयारी भइरहेको छ । कानुनी व्यवधान नहोस् भनेर सरकारले औषधि ऐन २०३५ लाई अध्यादेशमार्फत् संशोधन गरेको छ ।
आर्थिक समस्या नहोस् भनेर झण्डै ४८ अर्ब रुपैयाँको बजेट सुनिश्चित गरिएको छ । खोपको प्रकृति अनुसार चिस्यान भण्डारणहरुको तयारी गरिएको छ । खोप आइसकेपछि क-कस्लाई दिने भनेर जोखिम समूहहरु वर्गीकरण गर्ने र त्यसको स्वीकृत गर्ने तयारी भइरहेको छ ।
खोप ल्याउनका लागि निश्चित प्रक्रियाहरु अपनाउनुपर्छ । पहिला त खोपको अन्तिम मूल्याङ्कन आउनुपर्यो । त्यो आएपछि उत्पादन भएको देशमा खोपहरु दर्ता हुनुपर्यो । विश्व स्वास्थ्य संगठनले सूचीकृत गर्नुपर्यो । अथवा आकस्मिक प्रयोगका लागि सूचीकृत गर्नुपर्यो । हाम्रो औषधि विभागमा पनि दर्ता हुनुपर्छ । त्यसपछि मात्र हामीले खोप प्रयोग गर्न पाउँछौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनेसम्मको तयारीका लागि विभिन्न ८ उपसमितिसमेत बनाएको छ । विश्व स्वास्थ्य संगठनले संयोजन गरेको ‘कोभ्याक्स सुविधा’ संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप ल्याउन तयारी भइरहेको छ ।
अझै खोप परीक्षणकै क्रममा रहेका छन् । कुन खोप ल्याउने भन्ने निश्चित भइसकेको छैन । सुरुमा २० प्रतिशत नागरिकलाई खोप ल्याएपछि बिस्तारै सबैलाई पुग्नेगरी खोप ल्याउने हो । कोभ्याक्स अन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ । जोखिमका आधारमा खोप पहिला कसलाई दिने भन्ने चरणहरु छुट्याइन्छ । अरु खोप पनि कोभ्याक्स सुविधामार्फत र अन्य तरिकाले किन्ने तयारी छ ।
मुख्य कुरा त कुनै पनि खोप अहिले सार्वजनिक प्रयोजनका लागि भनेर सूचीकृत भइसकेको छैन । बेलायतको फाइजर कम्पनीले मात्र स्वीकृत गरेर आफ्ना स्वास्थ्यकर्मीहरुलाई र जेष्ठ नागरिकलाई लगाउने तयारी गरेको हो । अरु खोपहरुको अन्तिम नतिजा आइसकेको छैन । त्यही भएर यही मिति खोप आउँछ भनेर भन्न सक्ने अवस्था छैन ।
नेपालमा खोप आइसकेपछि चरणवद्ध रुपमा दिइन्छ । तह निर्धारणका लागि पूर्व तयारीहरु भइरहेका छन् । बन्दै गरेका खोपहरु विभिन्न तापक्रममा राख्नुपर्ने खालका छन् । २ देखि ८ डिग्री सेल्सियसमा राख्नुपर्ने खोपहरु पनि बनिरहेका छन् । माइनस २० डिग्री सेल्सियस र माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने खोप पनि बनिरहेका छन् । त्यसकारण कुन खोप आउने हो निश्चित भइसकेको छैन । हामी त्यही अनुसारको पूर्व तयारीमा छौँ ।
(स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. गौतमसँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rabindra bohara
Dec. 8, 2020, 8:15 a.m.नमस्कार म बुढीनन्दा नगरपालिका वडा नं ३ बाट रबिन्द्र हुँ / हाल म नेपालगञ्जमा छु / मैले मालिका नमुना विदयालय मार्तडीमा सितिभिटी अन्तर्गत सव ओभरसियरमा फारम भरेर नाम निस्कियो/ मालिका नमुना विद्यालयको खातामा कृषि विकास बैंकमा रू १५ हजार रुपैयाँ बचत गरेको थिए, तर दाईले नेपालगन्जमा मेरो एडमिसन गराइसक्नु भएछ / अब मैले मालिका नमुना विद्यालयको खाताको मेरो रुपैया फिर्ता पाउँछु कि पाउँदिन ? पाउँदिन भन्ने किन आउँदिन र पाउँछु भने मैले के गर्नुपर्छ ?