उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
समसामयिक राजनीतिक अवस्था, कोरोना रोकथामको लागि आगामी कदम र अन्य राष्ट्रिय राजनीतिसँग जोडिएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले मङ्गलबार (भोलि) बिहान ११ गते सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो ।
पछिल्लो समय देशभरि भइरहेको राजावादीको प्रदर्शनका विषयमा बढी केन्द्रित भएर प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न लागेको सचिवालयले जनाएको छ ।
सरकारले गरेका विभिन्न निर्णय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपासहित प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि असन्तुष्टि जनाउँदै आएका छन् । बैठकमा प्रधानमन्त्रीले प्रतिपक्षी दलको असन्तुष्टिलाई पनि सम्बोधन गर्ने तयारी छ ।
भारतले मिचेको नेपाली भूमि समेटेर नक्सा जारी गर्ने विषयमा गएको वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक डाक्नुभएको थियो, त्यसयता सर्वदलीय बैठक बसेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।