पारवहन सन्धी र रेल सेवा सम्झौताको संशोधनको लागि भारत सकारात्मक

 मंसिर २२, २०७७ सोमबार १९:५४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ : नेपाल–भारतबीच व्यापार, पारवहन र अनधिकृत व्यापार नियन्त्रणको लागि बनेको सचिवस्तरीय अन्तर–सरकारी समितिको बैठक सोमबार भिडिओ कन्फरेन्समार्फत सम्पन्न भएको छ ।

कन्फरेन्समा नेपाल र भारतबीच भएका वाणिज्य सन्धी सम्झौता, सम्झौताको लागि भएका ड्राफ्ट र अनधिकृत व्यापार रोक्ने विषयमा छलफल भएको छ । नेपालले पारवहन सन्धी र रेल सेवा सम्झौताको संशोधनलाई जोड दिएकोमा भारत सकारात्मक भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

भारतीय पक्षले नेपालगञ्ज र भैरहवामा एकीकृत जाँच चौकी स्थापना भइसकेको र चाँडै सुरु गर्ने तयारीमा रहेको जानकारी दिएको छ ।

यस्तै नेपालले कञ्चनपुरको चाँदनी दोधारा क्षेत्रमा निर्माण गर्न लागेको सुख्खा बन्दरगाहसँग सामञ्जस्य हुने गरी जाँच चौकी र रेलमार्ग निर्माणको प्रस्ताव राखेको छ । यसमा पनि भारतीय पक्ष सकारात्मक भएको छ ।  

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया