अमेरिकामा क्रिसमसपछि कोरोना भाइरसको अर्को लहर आउने विज्ञको चेतावनी

 मंसिर २३, २०७७ मंगलबार ९:०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विज्ञ डाक्टरले क्रिसमसपछि कोरोना भाइरसको अर्को लहर आउने चेतावनी दिएका छन् ।

वरिष्ठ सङ्क्रामक रोग विज्ञ डाक्टर एन्थोनी फाउचीले अमेरिकामा 'थ्याङस्गिभिङ डे'पछि कोरोनाको सङ्क्रमण बढेकाले क्रिसमसपछि झन् बढ्ने चेतावनी दिनु भएको हो छ ।

उहाँले क्रिसमस र नयाँ वर्षको छुट्टीको समय थप चुनौतिपूर्ण बन्न सक्ने बताएका बीबीसीले जनाएको छ । समाचार संस्था सीएनएनसँग कुरा गर्दै उहाँले लामो बिदाको समय आउन लागेकाले परिस्थिति थप जटिल बन्न सक्ने बताउनु भएको हो ।  अमेरिकामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या औसतमा दैनिक दुई लाख पुग्ने क्रममा छ ।

अस्पतालहरू कोरोना भाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्युयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन् । न्युयोर्कका गभर्नर एन्ड्रिउ कुमोले त्यस्तो अवस्थासँग जुझ्न थप प्रतिबन्धहरू लगाउनुपर्ने बताउनु भएको छ । यस्तै, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजोमले अस्पतालहरू खतराको तहमा भरिभराउ भइसकेको भन्दै सतर्कता अपनाउन आग्रह गर्नु भएको छ ।

अमेरिकामा अहिले १ करोड ५३ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने दुई लाख ९० हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया