नेपाल र चीनका राष्ट्रपतिको सन्देश : दुई देश नजिकका मित्र हुन्, सम्बन्ध थप प्रगाढ हुनेछ

 मंसिर २३, २०७७ मंगलबार १४:३४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सगरमाथाको नयाँ उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर  कायम भएको छ । नेपाल र चीनले मङ्गलबार संयुक्त रुपमा गरेको घोषणाअनुसार सगरमाथाको नयाँ उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर अग्लो छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको सहभागितामा दुई देशको संयुक्त भर्चुअल समारोहमार्फत सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो । अहिलेसम्म सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर मानिएको थियो ।

गएको वर्ष चीनका राष्ट्रपति सी जिन पिङ नेपाल आउँदा सगरमाथाको नयाँ उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । उचाइ घोषणा कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिन पिङलाई लेखेको पत्र  वाचन गरेर सुनाउनुभएको थियो । पत्रमा नेपाल र चीन नजिकका मित्र भएको र यो मित्रता थप प्रगाढ बन्ने सन्देश उल्लेख छ । नेपाल र चीनले संयुक्त पहल गरेर सगरमाथाको उचाइ लिइएकोमा खुसी लागेको पनि पत्रमा उल्लेख छ ।

यस्तै चिनियाँ विदेशमन्त्री वाङ यीले पनि राष्ट्रपति सी जिन पिङले लेखेको पत्र पढेर सुनाउनुभएको छ । राष्ट्रपति सीले चीन र नेपालबीचको सम्बन्ध सगरमाथाको उचाइ जत्तिकै अग्लो रहेको बताउनुभएको छ । चीन र नेपालका नागरिकबीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने राष्ट्रपति सीको विश्वास छ ।    

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया