सर्वदलीय बैठक सकियो, संविधान विरोधी विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

 मंसिर २३, २०७७ मंगलबार १६:१२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी र हिंसात्मक गतिविधि गर्ने विरुद्ध एकजुट हुन संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग आग्रह गर्नुभएको छ ।

मङ्गलबार बसेको सर्वदलीय बैठकमा उहाँले राजतन्त्रको पक्षमा भएका आन्दोलनबारे गम्भीर बन्दै जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न एक जुट हुन आग्रह गर्नुभएको हो । सर्वदलीय बैठकमा राजतन्त्रको पक्षमा देशका विभिन्न ठाउँमा भएका प्रदर्शन तथा कोरोना सङ्क्रमण नियन्त्रणबारे छलफल भएको थियो ।

बैठकको सुरुमै प्रधानमन्त्री ओलीले संविधान र गणतन्त्र विरोधी गतिविधिविरुद्ध सबै एक हुनुपर्ने समय आएको बताउनुभएको हो । दलहरूभित्रको किचलाेलाई कारण देखाएर परिवर्तन विरोधीहरू सलबलाउन थालेको भन्दै उहाँले यसका विरुद्ध एक हुनुपर्नेमा जोड दिनुभएको हो । प्रधानमन्त्री ओलीको आह्वानमा मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीन घण्टा छलफल चलेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने, सरकारका गतिविधि र बढ्दो भ्रष्टाचारका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेको लगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया