माेरङ : शिक्षक श्रेष्ठकाे घाँटी रेटेर हत्या गरिएकाे पुष्टि

 मंसिर २३, २०७७ मंगलबार १८:१५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – माेरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । घटना भएको आठ घण्टापछि घटनास्थल बर्खेमा पुगेको टोलीले शिक्षक श्रेष्ठलाई हात पछाडि बाँधेर घाँटी रेटेर हत्या गरेको पुष्टि भएको प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताउनुभयो ।

घटनास्थलमा धनकुटा, मोरङ र पाँचथरका प्रहरी परिचालन भएको पनि उहाँले बताउनुभयो ।

सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई बिहान गाई, बाख्रालाई घाँसपात गरिरहेका बेला नचिनेका मान्छेको समूहले अपहरण गरी केही पर जङ्गलमा लगेर हत्या गरेका थिए ।

लामो समयमा शिक्षण पेसामा रहेर समाजसेवामा समेत लाग्नुभएका राजेन्द्रलाई गाउँलेले अभिभावक मान्ने गरेका थिए । शिक्षक श्रेष्ठको हत्या नेत्रविक्रम चन्द विप्लव समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया