नेपालगञ्ज मेडिकल कलेजमा ३२ वटा आईसीयू बेड थपियो, भेन्टिलेटर तयारी अवस्थामा

 मंसिर २३, २०७७ मंगलबार १९:२५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा ३२ वटा आईसीयू शय्या (बेड) थपिएको छ ।

मेडिकल कलेजमा आज ३२ वटा आईसीयू बेड थपिएसँगै कोभिड–१९ का गम्भीर बिरामीको लागि झनै सहज भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । यस्तै १२ वटा भेन्टिलेटर पनि तयारी अवस्था रहेको प्रजिअ अधिकारीले बताउनुभयो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका गम्भीर बिरामीलाई धानेको बाँकेमा अहिलेसम्म आईसीयू र भेन्टिलेटरको अभाव नरहेको र अब झनै अभाव हुने सम्भावना कम भएको उहाँको भनाइ छ । स्वास्थ्य क्षेत्रमा बाँकेमा ठूलो प्रगति भएको पनि प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया