आज ७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस

 मंसिर २५, २०७७ बिहीबार ११:२०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महामारीमा मानव अधिकार : स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार भन्ने राष्ट्रिय नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सन् १९४८ डिसेम्बर १० तारिखमा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालको संविधानले मानवअधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गरेको छ । तर, मानवअधिकार रक्षाका प्रभावकारी काम हुन सकेको छैन ।

पछिल्लो समय सरकारले बलात्कार र एसिड आक्रमण गर्ने गराउने विरुद्ध ल्याएको कडा कानुनले केही आशा भने देखाएको छ । तर सशस्त्र द्वन्द अनि त्यसपछिको सङ्क्रमणकालमा पीडित भएका धेरैले न्याय नपाउँदा नेपालमा मानव अधिकारको बलियो जग बस्न बाँकी नै छ ।

शक्ति र राजनीतिक आडमा दोषीलाई कारबाही नहुँदा पीडित थप पीडामा पर्ने गरेका छन्  ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया