कम्युनिस्टहरूले जितेपछि बोल्न, हाँस्न र रुनसमेत दिएनन् : कांग्रेस सभापति देउवा

 मंसिर २९, २०७७ सोमबार १५:५५:४८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले बाध्य भएर सडक आन्दोलन गरेको बताउनुभएको छ । नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौँडाको बुद्धचोकमा आयोजना गरेको सरकार विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा सभापति देउवाले सरकारले सर्वसत्तावाद लाद्न खोजेको बताउनुभयो ।  

कम्युनिस्टहरूले जितेपछी बोल्न, हाँस्न र रुनसमेत नदिएको उहाँले बताउनुभयो । अहिले कुनै समस्या परेर रोयो भने कम्युनिस्ट सरकारले जेल हाल्न सक्ने उहाँले आरोप लगाउनुभयाे । कोरोनामा समेत वर्तमान सरकारले घुस खाएको उहाँको आरोप छ । 

 

एकलौटी जस्तो शासनले अहिले लेख्न, बोल्नसमेत रोक लगाइएको सभापति देउवाले बताउनुभयो । कम्युनिस्ट सरकारकै कारण राजा आऊ, देश बचाऊ भन्ने नारा लागेको उहाँको भनाइ छ । 

अहिले नागरिक कांग्रेससँग भएको स्पष्ट पार्दै सभापति देउवाले कोरोनाको समयमा सरकारले कुनै गतिलो काम गर्न नसकेको बताउनुभयो । ‘सरकारले भ्रष्टाचार रोक्न कुनै भूमिका खेलेन, सरकारका कारण गणतन्त्रप्रति नागरिकको विस्तृष्णा बढेको देउवाको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया