रुकुम पश्चिम : १४ हजार बढी बेरोजगार सूचीकृत, कामका लागि झण्डै सवा ७ करोड बजेट

 पुस ४, २०७७ शनिबार १३:०:५३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा १४ हजार बढी बेरोजगार सूचीकृत भएका छन् ।

पालिकामा रोजगारी माग गर्दै १४ हजार २ सय ६६ जनाले फारम भरेका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम र नगर प्रमुख रोजगार कार्यक्रममा जोडिन उनीहरुले नाम दर्ता गराएका छन् । रुकुम पश्चिममा ६ वटै पालिकाले निश्चित समय तोकेर नाम दर्ता गराउन बेरोजगारहरुलाई समय दिएका थिए ।

तोकिएको समयमा आर्थिक वर्ष ०७७/०७८ का लागि उनीहरुले फारम भरेका छन् । रोजगारीका लागि सङ्घीय सरकारले दुई चरणमा बजेट पठाइसकेको छ । युवा स्वरोजगार कार्यक्रम र कामका लागि पारिश्रमिक कार्यक्रमका लागि भन्दै झण्डै सवा ७ करोड बजेट प्राप्त भएको छ ।

युवा रोजगार कार्यक्रमका लागि ३ करोड १० लाख २० हजार र कामका लागि पारिश्रमिक अन्तर्गत ४ करोड १ लाख ६५ हजार गरी ७ करोड ११ लाख ८५ हजार बजेट आउने निश्चित भएको हो । रोजगारसम्बन्धी कार्यविधिमा बेरोजगारलाई कम्तीमा सय दिनसम्मको रोजगारी दिने व्यवस्था छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया