कोदालोले हानेर १४ वर्षीय किशोरको हत्या

 पुस ४, २०७७ शनिबार १९:५९:२६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

स्याङजा – कोदालोले हिर्काएर शनिबार स्याङजामा एक किशोरको हत्या भएको छ ।

हरिनास गाउँपालिका वडा नं ५ आग्रीडाँडाका १४ वर्षीय बालक शेरबहादुर थापाको हत्या भएको हो । थापाका छिमेकी ३६ वर्षीय रेशम रानाले कोदालोले हानेर किशाेरको हत्या गरेका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता डीएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । 

किसोरको घटनास्थलमा नै ज्यान गएको र हत्या गर्नुको कारण बारे अनुसन्धान भइरहेकाे प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।  किशाेरकाे हत्या गर्ने रेशम रानालाई प्रहरी पक्राउ गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया