'पछिल्लो राजनीतिक घटनाक्रमले खोप ल्याउने प्रक्रियामा असर गर्दैन '

 पुस ९, २०७७ बिहिबार ९:२४:२९ | डा. जागेश्वर गौतम
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसविरुद्धको खोप नेपाल ल्याउनका लागि प्रक्रिया अगाढि बढिसकेको छ ।

कानुनी समस्याहरु हटिसकेका छन् । औषधि ऐनमा परिवर्तन गरिएको छ । रकमको समस्या हुँदैन । अब मुख्यतया: चार वटा विषयमा क्लियर हुन आवश्यक छ । पहिलो हामीलाई चाहिने  जति डोज खोप पाउनु पर्यो ।  दोस्रो भनेको सस्तो मूल्यको हुनुपर्यो । तेस्रो जुन देशबाट हामीले खोप ल्याउँछौँ, त्यो देशमा खोप लगाइसकेको हुनु पर्यो । र  चौथो भनेको हाम्रो चिस्यान प्रविधिलाई ध्यान दिनुपर्यो  ।  यी कुरालाई मध्यनजर गरेर नेपालमा खोप ल्याउने हो । 

सबै नागरिकलाई एकैपटक खोपको उपलब्धता हुन सक्दैन । १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि खोप अहिले उपलब्ध हुन सक्दैन ।  विश्वमा कतै पनि १५ वर्षभन्दा कम उमेरका बालबालिकाहरुको लागि कोरोनाको खोपको परीक्षण गरिएको छैन । 

‘कोभ्याक्स सुविधा’ मार्फत् २० प्रतिशत नागरिकलाई पुग्ने खोप नेपाल ल्याउन लागिएको छ । यो संयन्त्रमार्फत् नेपालसहित १  सय ५० वटा देशका २० प्रतिशत नागरिकले खोप पाउँछन् ।  कोभ्याक्स सुविधामार्फत् खोप आउने लगभग पक्का जस्तै छ । बाँकी खोपहरु ल्याउनका लागि पनि प्रक्रिया अगाडि बढिसकेको छ । 

पछिल्लो राजनीतिक घटनाक्रमले खोप ल्याउने प्रक्रियामा केही पनि असर गर्दैन । खोप ल्याउने काम स्वास्थ्य मन्त्रालयको हो । स्वास्थ्य मन्त्रालयले आफ्नो काम गर्छ । खोप ल्याउनका लागि दुईवटा मोडालिटी तयार पारिएको छ । एउटा सरकारी कोषबाट रकम खर्च गरिन्छ ।

अर्को विदेशी सहयोग । अहिले पीपीई किन्न, कोरोना परीक्षण गर्न र भेन्टिलेटर तथा आईसीयूका लागि विदेशी सहयोगहरु आइरहेको छ । त्यसको २०  प्रतिशत पनि खोपमा खर्च गर्ने भनिएको छ । अहिले कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ ।  धेरै नियन्त्रणमा आएको छ । कोरोना नियन्त्रणका लागि  खर्च भएको पैसा अब खोपमा खर्च गर्नुपर्छ । बदलिँदो राजनीतिक परिस्थितीले खोप ल्याउने र लगाउने कुरामा कुनै  असर पार्दैन । 

खोप  मात्रै कोरोनाको समाधान होइन ।  कोरोना सर्नबाट बच्न खोपभन्दा मास्क राम्रो हो भन्ने कुरा थाहा पाउनुपर्छ । खोप लगाइसकेपछि पनि खोपले शतप्रतिशत कभर गर्दैन ।  ८० देखि ९० प्रतिशतलाई मात्रै कभर गर्छ ।  बाँकीलाई कोरोना सर्ने सम्भावना भइरहन्छ  । शतप्रतिशत नै खोप लगाएको रेकर्ड विश्वमा कतै पनि छैन ।

नेपालमा पनि ८० देखि ८५ प्रतिशतले मात्रै खोप लगाउने हो । बाँकीलाई रिस्क रहिरन्छ । खोपलाई मात्र विचार गर्ने होइन । जनस्वास्थ्यको मापदण्ड पनि पालना गर्नुपर्छ । मास्क खोपभन्दा धेरै राम्रो हो ।मास्कलाई हामीले प्राथमिकतामा राख्नुपर्छ । 

(स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमसँग गरिएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. जागेश्वर गौतम

डा. जागेश्वर गौतम स्वास्थ्य मन्त्रालयका प्रवक्ता हुनुहुन्छ

तपाईको प्रतिक्रिया