भारतबाट रोजगारी गुमाएर फर्केका परिवारलाई कुखुरा र आधुनिक माहुरीका घार

 पुस १५, २०७७ बुधबार १९:४:१२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भारतबाट रोजगारी गुमाएर फर्किएका परिवारलाई कुखुरा र आधुनिक माहुरीका घार निःशुल्क वितरण गरिएको छ ।

भूमिकास्थान नगरपालिका–१ मा कोरोनाका कारण रोजगारी गुमाइ भारतबाट फर्किएर घरमा बसेकाहरुलाई स्वरोजगार बनाउन र आय आर्जनमा बृद्धि गर्नका लागि १५ घर परिवारलाई कुखुरा र २० घर परिवारलाई आधुनिक माहुरीका घार वितरण गरिएको हो । 

जनचेतना सरोकार मञ्च अर्घाखाँचीले अक्सफार्म नेपालको सहयोगमा कोरोनाका कारण भारतबाट रोजगारी गुमाएर घर फर्किएका मौसमी प्रवासी कामदारहरु १५ घर परिवारलाई १ सय वटाका दरले स्थानीय जातका १५ सय कुखुराका चल्ला र २० घरपरिवारलाई ५ वटाका दरले १ सय वटा आधुनिक माहुरीका घार वितरण गरेको जनचेतना सरोकार मञ्चका कार्यक्रम संयोजक युवराज ज्ञवालीले बताउनुभयो । 

परिवार पाल्न भारतमा गएको समयमा कोरोनाले घरमा फर्किएका परिवारलाई आयआर्जनमा सहयोग पुगोस् र  घरको खर्च धान्ने माध्यम बनोस् भनेर माहुरीका घार र कुखुराका चल्ला वितरण गरेको नगरपालिकाका प्रमुख रेशम थापाले बताउनुभयो । अति विपन्न परिवार र आम्दानीको श्रोत पनि केहि नभएकोले यी परिवारलाई उपलब्ध गराइएको नगर प्रमुख थापाको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया