गाउँपालिकाको केन्द्र टुंगो लागेको खुशीयालीमा अबिरजात्रा र भोज

 साउन ३१, २०७५ बिहिबार ६:१९:२४ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट - कालिकोटको पलाँता गाउँपालिकाले पालिकाको स्थायी केन्द्र राख्नेबारेको विवाद टुंगो लगाएको छ । पलाँता गाउँपालिकाको अस्थायी केन्द्र ९ मा बसेको चौथो विषेश गाउँ सभाले गाउँपालिकाको स्थायी केन्द्र टुगो लगाएको पलाँताका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्माले बताउनुभयो । 

स्थायी केन्द्रको टुगो लागेपछि स्थानीयबासिन्दाले खुशीयालीमा अबिरजात्रा गरेका छन् । बुधबार बसेको बिषेश गाउँसभाले पलाँता २ को लोडमा गाउँपालिकाको स्थायी केन्द्र बनाउने निर्णय गरेको छ । यसअघि वडा नं. १, २ र ३ ले धौलागोहको राडेनेटा र सैन वडा नं. ४, ५ र ६ ले कयरदेव खिन र वडा नं. ९ ले थिर्पु स्थायी केन्द्र तोकिनु पर्ने माग गर्दै आएका थिए । 

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाँती कान्छाले भने पलाँता २ को लोड वा पलाँता ७ को दैनिकरमध्ये एक ठाउँ हुने बताउनुभएको थियो । गाउँपालिका केन्द्र विवादको टुगो सकिएपछि स्थानीयले बिहीबार भोजको आयोजना गरेका छन् । 

केन्द्र तोकीएको ठाउँ पाँखा चट्टान र भिरालो जमिन हो । त्यहाँ नजिकै घना बस्ती र बजारिकरणको सम्भावना भने कमै रहेको स्थानीय जानकारहरुले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया