दलहरू विभाजन हुँदा लोकतन्त्र कमजोर हुन्छ : नेता शर्मा

 पुष १७, २०७७ शुक्रबार १७:२९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राजनीतिक दलहरू विभाजन हुँदा लोकतन्त्र कमजोर हुने बताउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रबार (आज) देखि प्रारम्भ भएको साताैँ अधिवेशनका क्रममा मन्तव्य राख्दै उहाँले आफ्नो पार्टी विभाजनको सङ्घारमा रहेको र प्रतिनिधि सभा विघटन भएको विशिष्ट परिस्थितिमा यो सभा सञ्चालन भइरहेको बताउनुभयो ।

'वर्तमान सङ्घीय संसद् गठनपछि आफ्नो राजनीतिक इतिहासमा सबैभन्दा खुसी थिएँ तर पार्टी फुटपछि आज मुटु चिरिएको अनुभव गरेको छु', नेता शर्माले भन्नुभयो, 'पार्टी विभाजन कुनै सिद्धान्तका आधारमा नभइ राजनीतिक कारणले मात्र भइरहेको छ, यो दुःखद हो ।'

नेता शर्माले दलभित्रको अन्तरविरोधका कारण जनप्रतिनिधि मूलक संस्थामा असर पर्नु राम्रो अनुभूति नभएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा नभएको अवस्थामा राष्ट्रिय सभाले नीति निर्माण गरेर सरकारलाई सघाउने र खबरदारीको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । नेता शर्माले जनचासोका विषय प्रकट हुने अहिले यो सभामात्र भएको बताउनुभयो ।

उखु किसानको आन्दोलनका क्रममा एक जना किसानको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले मृतकप्रति श्रद्धाञ्जलि अर्पण पनि गर्नुभयो ।   

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया