इङ्ल्याण्डका क्रिकेटर बेन स्टोक्सको भविष्यलाई लिएर चर्को बहस

 साउन ३१, २०७५ बिहीबार ८:५७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

इङ्ल्याण्डका अलराउण्डर बेन स्टोक्सको भविष्यलाई लिएर चर्को बहस भएको छ । इङ्ल्याण्डको अदालते उनलाई झगडाको आरोपमा सफाई दिए पनि क्रिकेट भविष्यबारे पूर्व कप्तानहरुका बीचमा मतभेद देखिएको हो ।

पछिल्लो वर्ष वेस्टइन्डिज विरुद्धको खेल पछि ब्रिस्टलमा झगडा गरेको आरोप लागेको थियो । उक्त आरोपमा उनले अदालतबाट सफाई पाए पनि क्रिकट अनुशासन आयोग सीडीसीले आन्तरिक जाँच गर्ने बताइएको छ । 

उनको जाँच भारतविरुद्धको तेस्रो टेस्ट पछि हुनेछ । अदालतमा बयान दिन उपस्थित हुनुपर्ने भएपछि स्टोक्स दोस्रो टेस्ट खेल्न पाएका थिएनन् । तेस्रो टेस्टमा भने उनी परेका छन् । अदालतको फैसला पछि इङ्ल्याण्डका दुई पूर्व कप्तान भने विभाजित देखिएका छन् । पूर्व कप्तान आर्थटनले भने ‘अदालतको फैसला अनुसार स्टोक्स निर्दोष सावित भएपछि थप अनुसन्धान र कारबाहीको आवश्यकता छैन ।’

तर यो कुरा मान्न अर्का पूर्व कप्तान नासिर हुसेन तयार छैनन् । उनले भनेका छन् ‘सीसीटीवीमा देखिएको फुटेज अनुसार अनुसन्धान गर्नुपर्छ, त्यसलाई नजरअन्दाज गर्न मिल्दैन।’
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया