लालपुर्जा सच्याएबापत ११ हजार घुस लिने २ जना पक्राउ

 पुस २३, २०७७ बिहिबार १८:१०:३० | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – मालपोत कार्यालय हरिवन सर्लाहीका नायब सुब्बा र लेखापढी व्यवसायी ११ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । 

सेवाग्राहीको लालपुर्जा सच्याएबापत ११ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नायब सुब्बा वेदनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि बर्दिवास कार्यालय पुर्‍याइएकाे अख्तियारले जनाएको छ । यसअघि पनि मालपोत कार्यालयबाटै घुस रकमसहित एक जना कर्मचारी पक्राउ परेका थिए । 

अन्तिम अपडेट: चैत ३०, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया