हेटौँडाको चुरियामाईमा बस र मोटरसाइकल ठोकिँदा एकको ज्यान गयाे

 पुस २५, २०७७ शनिबार ९:३५:१७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाईमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको ज्यान गएकाे छ । गएराति सडक क्षेत्रमा हुस्सु लागेको समयमा चुरियामाई मन्दिर नजिकको उकालोमा बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा  रहेका एक जनाको ज्यान गएकाे हाे।

जनकपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख ६९६३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६३ प १५० नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलको पछाडि रहेकी हेटौँडा–३ बस्ने ४३ वर्षीया देवी लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा ज्यान गएको हो।

ठक्कर दिने बस तथा चालक इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको जनाइएको छ। त्यसैगरी मोटरसाइकल चालक हेटौँडा–३ लेवट बस्ने अन्दाजी ३६ वर्षीय इश्वर नेपाल घाइते भएको र उहाँकाे चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया