काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले यो महिनाको वरीयता सार्वजनिक गर्दा नेपाले कुनै प्रगति गर्न सकेन । अघिल्लो महिना १६१ औं स्थानमा रहेको नेपाल यो महिना पनि सोही स्थानमा रहन सफल भएको छ ।
फिफाले यो पटक देखि वरीयता निर्धारण गर्ने मपदण्डमा ब्यापक फेरबदल गरेको छ । यसअघि अघिल्लो वरीयता खेलको औसत अंक जोड्ने प्रावधान थियो ।
लामो समयको परीक्षणपश्चात अब वरीयताका लागि अघिल्लो वरियताको अंकमा वरीयता सार्वजनिक गरिने महिना भर खेलेको खेलको अंक जोडिने वा घट्नेछ । अब महिनाभर निष्क्रिय रहने राष्ट्रिय फुटबल संघको अंक घट्ने छैन । तर आफूभन्दा कमजोर टिमसँग बराबरी वा हारेको खण्डमा अंक घट्नेछ ।
फिफा वरीयतामा फ्रान्स शीर्ष स्थानमा उक्लिएको छ । विश्वकप विजेता फ्रान्स ६ स्थानमाथि उक्लिँदै शीर्ष स्थानमा पुग्न सफल भएको छ ।
विश्वकपको उपविजेता क्रोएसियाले १६ स्थान माथि उक्लिँदै २०औंबाट चौथो स्थानमा फड्को मारेको छ । उरुग्वे पनि १४औंबाट नौ स्थानमाथि उक्लिँदै पाँचौंमा पुगेको छ । यस्तै इंग्ल्याण्ड १२औंबाट छैटौं स्थानमा उक्लिएको छ भने डेनमार्क १२औंँ स्थानबाट नवौं स्थानमा उक्लिएको छ ।
अर्जेन्टिना, चिली, जर्मनी र पोल्याण्ड भने शीर्ष १०बाट बाहिरिएका छन् । अघिल्लो महिना सर्वाजनिक भएको वरीयता क्रममा पाँचौं स्थानमा रहेको अर्जेन्टिना ११औं स्थानमा झरेको छ भने चिली तीन स्थान तल झर्दै १२औंमा पुगेको छ ।
१४ स्थान तल झर्दै जर्मनी १५औं स्थानमा पुगेको छ भने पोल्याण्ड आठौंबाट १८ औं स्थानमा झरेको छ ।
यो महिना सबैभन्दा ठूलो फड्को विश्वकपको क्वार्टरफाइनलिस्ट रसियाले मारेको छ । यस अघि ७०औं स्थानमा रहेको रसिया २१ स्थानमाथि उक्लिँदै ४९औं स्थानमा पुगेको छ ।
एसियामा इरानले आफ्नो अग्रता कायमै राखेको छ । इरान विश्व वरीयतामा पाँच स्थान माथि उक्लिँदै ३२औं स्थानमा पुगेको छ । एसियामा दोस्रो स्थानमा रहेको अष्ट्रेलिया ४३औं स्थानमा छ भने ६ स्थान माथि उक्लिँदै ५५औं स्थानमा रहेको जापान एसियाको तेस्रो स्थानमा छ ।
दक्षिण एसियामा भारत अग्रस्थानमा कायमै छ । अघिल्लो महिनाभन्दा एक स्थान सुधार गर्दै भारत ९६औं स्थानमा उक्लिएको छ । फिफा वरीयताको शीर्ष १०० भित्र पर्न सफल भारत एकमात्र दक्षिण एसियाली मुलुक हो ।
१५०औं स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा रहँदा नेपाल भने दक्षिण एसियाको तेस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।