बुटवलमा राजमार्ग मिचिएका घरटहरा भत्काउन सुरु

 पुस २६, २०७७ आइतबार ९:५१:१७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्म सडक मिचेर बनाइएका घरटहरा हटाउने काम सुरु भएको छ । 

बुटवल–बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत सडकको सीमा मिचेर बनाइएका घरटहरा डोजर लगाएर हटाउन सुरु गरिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिनुभयो ।

चौराहा, मिलनचोक र ट्राफिकचोकबाट एकै पटक डोजर चलाइएको हो । सडक मिचिएका एक सय ५० बढी घरजग्गा घटाउनु पर्नेमा दुई जनाले यसअघि नै हटाइ सकेका छन् ।  

नारायणदेवी प्रधानलगायतका २४ जनाले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा यसअघि असार ९ गते दिएको अल्पकालीन आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश सर्वाेच्चले दिएपछि घरटहरा हटाउन बाटो खुलेको हो ।

यसअघि अदालतको आदेशपछि पटक-पटक रोकिँदै आएको थियो । त्यस सडकखण्डमा १ सय ५० बढी घरजग्गा घटाउनु पर्ने छ ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया