गुणस्तरीय शिक्षा माग गर्दै विद्यार्थीले घेरे नगरपालिका

 पुस २८, २०७७ मंगलबार २०:२५:१२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – विभिन्न माग राख्दै बालकल्याण माध्यमिक विद्यालय आठबीसकोट ९ का विद्यार्थीहरूले मङ्गलबार नगरपालिका कार्यालय घेराउ गरेका छन् ।

नाराबाजीसहित नगरपालिकाको कार्यालयमा आएका विद्यार्थीहरूले नगर शिक्षा समिति र शिक्षा शाखाले मनलाग्दी निर्णय गरेको गुनासो गरेका छन् । 

गुणस्तरीय शिक्षा र दरबन्दीअनुसारको शिक्षकको लागि आफूहरूले आवाज उठाएको कक्षा १० मा अध्ययनरत नवीन कुसारीले बताउनुभयो । 'विद्यार्थीलाई योग्य शिक्षक चाहिन्छ, विद्यालयलाई गुणस्तरीय शिक्षा चाहिन्छ, दरबन्दीका शिक्षक पूर्ति गर, काजका शिक्षक फिर्ता गर' भन्दै उनीहरूले नारा लगाएका थिए ।  

आफ्ना माग पूरा गर्न दबाब स्वरुप शान्तिपूर्ण नाराबाजी गरेको विद्यार्थीहरुले बताएका छन् । आन्दोलनमा कक्षा ६ देखि १० सम्मका झण्डै दुई सय विद्यार्थी रहेका थिए ।  

अन्तिम अपडेट: चैत २१, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया