जब पाकिस्तान जाँदै गरेको भारतीय क्रिकेट टोलीलाई वाजपेयीले खेल मात्रै होइन, मन पनि जित्नुस् भने...

 साउन ३१, २०७५ बिहीबार १८:५९:५६ | एजेन्सी
unn.prixa.net

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साझँ उपचारका क्रममा निधन भएको छ । वाजपेयीको निधनले भारतीय राजनीतिमा मात्रै होइन, दक्षिण एसियाली राजनीतिमै अपूरणीय क्षति पुगेको छ । 

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी एक असल वक्ताका साथै कवि मात्रै थिएनन् उनी खेलप्रेमी पनि थिए । 

सन् २००४ मा वाजपेयीले पाकिस्तानको ऐतिहासिक भ्रमण गरी सम्बन्ध सुधार गर्ने प्रयास गरेका थिए । आफ्नो कार्यकालमा वाजपेयीले भारत–पाकिस्तानबीच सम्बन्धमा आएको तिक्तता हटाउन खेलको सहारा लिएका थिए ।

झण्डै १४ वर्षपछि सन् २००४ मा सौरव गांगुलीको कप्तानीमा पाँच वानडे र तीन टेस्ट म्याच खेल्न भारतीय टिम पाकिस्तान गएको थियो । पाकिस्तान भ्रमणमा जानुभन्दा पहिले वाजपेयीले भारतीय टिमसँग विशेष भेटघाट गरेका थिए । भेटका समयमा भारतीय टिमको हौसला बढाउन एउटा ब्याट उपहार दिएका थिए । तत्कालीन प्रधानमन्त्रीको रुपमा शुभकामना दिँदै उनले ब्याटमा लेखेका थिए, ‘खेलमात्रै होइन, मन पनि जित्नुहोस्, शुभकामना छ ।’

कडा सुरक्षाका बीच मार्च २००४ देखि अप्रिल २००४ सम्म खेल हुन लागेको थियो । भारतमा पाकिस्तानमा गएर खेल्न पर्दैन भन्दै व्यापक विरोध पनि भएको थियो । 

सचिन तेन्दुलकर, वीरेन्द्र सहवाग, सौरव गांगुली, राहुल द्रविड, जहीर खान, इरफान पठान, लक्ष्मीपति बालाजी, मोहम्मद कैफजस्ता खेलाडी सम्मिलित भारतीय क्रिकेट टिमले वानडे सिरीज ३–२ ले तथा टेस्ट म्याच २–१ ले जितेको थियो । मुल्तानमा भएको पहिलो टेस्टमा वीरेन्द्र सहवागले तेहोरो शतक(३०९) रन बनाएर इतिहास रचेका थिए । 

पाकिस्तानी टिममा शोएब अख्तर, इन्जमाम–उल–हक, शाहिद अफरीदी, मोहम्मद यूसुफ, यूनिश खानजस्ता चर्चित खेलाडी थिए । भारत र पाकिस्तानी क्रिकेटको बीचमा राम्रो सम्बन्ध नभएको अवस्थामा पूर्व प्रधानमन्त्री वाजपेयीको पहल सराहनीय त थियो नै, यसबाट उनको खेलप्रेम पनि झल्कन्थ्यो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया