गाजाको अस्पतालमा इजरायली सेनाको कारबाही शुरु
चैत ६, २०८० मंगलबार
पाल्पा – पाल्पामा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ । बुधबार बिहान भान्साकोठामा राखेको बन्दुक पड्किँदा पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
एक्कासी ठूलो आवाज आएपछि हेर्न जाँदा नरबहादुरको ज्यान गइसकेको अवस्थामा भेटिएको मृतकका दाजु नरबहादुर सारुले जानकारी दिनुभयो । मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याएर आफ्नै घरको भान्सा कोठामा राखेको बुझिएको प्रहरीले जनाएको छ ।
बन्दुक नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।
प्रकाश कंडेल
Jan. 20, 2021, 6:04 p.m."एक्कासी ठूलो आवाज आएपछि हेर्न जाँदा नरबहादुरको ज्यान गइसकेको अवस्थामा भेटिएको मृतकका दाजु नरबहादुर सारुले जानकारी दिनुभयो"?? अलिक मिलेन की? कि दाजु-भाईको नाम एउटै रहेछ?