आफैँले बाेकेकाे बन्दुक पड्किँदा एक बालकको ज्यान गयो

 माघ ९, २०७७ शुक्रबार १३:१४:२८ | देव पचभैया
unn.prixa.net

पाल्पा - जङ्गलमा रतुवा मृग मार्ने क्रममा आफैँले बोकेको बन्दुक पड्किँदा पाल्पामा एक बालकको ज्यान गएको छ । 

साथीलाई दिने क्रममा बन्दुक पड्किँदा रिब्दीकोट गाउँपालिका-८ का १३ वर्षका लक्ष्मण छहारीको ज्यान गएको हो । प्रहरीकाअनुसार उनी दानसिङ डाँडाको चिलाउने पानी सामुदायिक वनमा चार जना साथीसहित सिकार गर्न गएका थिए । 

उनका साथीहरु रैनादेवी छहरा गाउँपालिका-४ का १७ वर्षका ज्ञानबहादुर गाहा, १४ वर्षका कमल राना र रिब्दीकोट गाउँपालिका-८ का १३ वर्षका देवबहादुर गाहालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया