काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले पूर्व ब्याट्सम्यान नासिर जम्सेदलाई १० वर्षको प्रतिबन्ध लगाएको छ ।
पाकिस्तान सुपर लिगमा स्पट फिक्सिङमा संलग्न भएको भन्दै पीसीबीले उनलाई १० वर्षका लागि कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो ।
पाकिस्तानका लागि ४८ एक दिवसीय र दुईवटा टेस्ट खेलेका जम्सेदलाई अघिल्लो वर्षको फेब्रुअरीमा पीसीबीले अनुशन्धानमा सहयोग नगरेको भन्दै एक वर्षको प्रतिबन्ध लगाएको थियो ।
पीसीबीका कानुन सल्लाहकार तफजुल रिज्भीले जम्सेद स्पट फिक्सिङ प्रकरणको ‘खतरनाक’ व्यक्ति भएको बताएका छन् ।
‘नासिर जम्सेदको दोष प्रमाणित भएको छ र उनलाई १० वर्षको प्रतिबन्ध लगाइएको छ । त्यस समयमा उनी कुनै पनि क्रिकेट गतिविधिमा संलग्न हुन पाउने छैनन्,’ रिज्भीले संचारकर्मीलाई भनेका छन् ।
पाकिस्तान सुपर लिगको पहिलो दुई संस्करणमा उनले सहभागिता जनाएका थिएनन् । तर गत वर्षको संस्करणमा स्पट फिक्सिङ गराउन उनको भूमिका सबैभन्दा ठूलो थियो ।
यस प्रकरणमा संलग्न ब्याट्सम्यानद्वय शार्जिल खान र खालिद लतिफलाई भने पाँच वर्षको प्रतिबन्ध लागेको छ । यस्तै पाकिस्तान क्रिकेट बोर्डले तीव्र गतिका बलर मोहम्मद इर्फानलाई एक वर्ष र अलराउण्डर मोहम्मद नवाजलाई दुई महिनाको प्रतिबन्ध लगाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।