मकवानपुरको बाह्रबिसेमा पहिलो पटक सडक पुग्यो

 माघ १२, २०७७ सोमबार १२:२५:४७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिका-५ को विकट बस्ती बाह्रबिसेमा पहिलो पटक सडक पुगेको छ ।

सडक निर्माणसँगै अब गाडी ओहोरदोहोर हुन थालेपछि स्थानीय बासिन्दालाई सहज हुने भएको छ । भीमफेदी गाउँपालिकाको लगानीमा सडक निर्माण गरिएको हो । सडक निर्माण भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । 

भीमफेदी क्षेत्रमा तरकारी उत्पादनका लागि उर्वर क्षेत्र भएकाले किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन र बजारबाट आवश्यक सरसामग्री गाउँ लैजान सहज हुने गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।

तरकारी उत्पादन भए पनि बजारसम्म पुर्याउन किसानलाई समस्या थियो । यसैबीच मकवानपुरको मनहरी गाउँपालिका-५ हाँडीखोलामा पुल निर्माणको काम सुरु भएको छ । मनहरी गाउँपालिकाको बजेटमा पुल निर्माण गर्न लागिएको हो ।

पुल निर्माणका लागि अहिले खोलालाई साँघुरो बनाउने काम भइरहेको छ । जग खन्ने तयारी भइरहेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । ठेक्कामार्फत पुल निर्माण गर्न लागिएको हो । पुल नहुँदा वर्षौंदेखि समस्या भोग्दै आएका हाँडीखोला क्षेत्रका बासिन्दालाई पुल बनेपछि सहज हुनेछ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया