रुकुम पूर्व : ट्र्याक्टर दुर्घटना हुँदा एककाे ज्यान गयाे, एक घाइते

 माघ १३, २०७७ मंगलबार १०:३१:० | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व - रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ भने एक जना घाइते भएका छन । 

जिल्लाको सिस्ने गाउँपालिका-५ रुमालबारामा ट्र्याक्टर दुर्घटना हुँदा सहचालक त्यही वडाका २१ वर्षीय इन्द्रबहादुर बुढाथोकीको ज्यान गएको हो ।

गएराति साढे ९ बजेतिर पाथिहाल्नबाट डोजरको बकेट बोकेर रुकुमकोटतर्फ आउँदै गएको लु ४ प ४१८५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका इन्द्रबहादुरको उपचारका क्रममा रुकुम पूर्व अस्पतालमा ज्यान गएको हाे । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार दुर्घटनामा परेर ट्र्याक्टरका चालक २१ वर्षीय जीवन बुढाथोकी घाइते हुनुभएको छ । घाइते बुढाथोकीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया