लुका मोड्रिचमाथि रियल मड्रिड र एसी मिलानबीचको विवाद फिफामा पुग्यो

 भदौ २, २०७५ शनिबार ७:२:४८ | एजेन्सी
unn.prixa.net

लुका मोड्रिचमाथि रियल र एसी मिलानबीचको मनमुटाव फिफासम्म पुगेको छ । मिलानले अवैधानिक रुपमा मोड्रिचलाई भित्र्याउन खोजेको भन्दै स्पेनिस क्लब रियल मड्रिडले फिफामा उजुरी दिएको छ ।

क्रोएसियन मिडफिल्डर लुका मोड्रिचलाई अवैधानिक तरिकाले क्लबमा अनुबन्ध गर्न खोजेको भन्दै रियलले फिफामा उजुरी हालेको फिफाले पुष्टि गरेको छ ।

इटालियन ट्रान्सफर विन्डो गएको शुक्रबारबाट बन्द भएको भएपनि  मिलानले मोड्रिचलाई अनुबन्ध गर्न प्रयास जारी राखेको भन्दै रियलले फिफामा उजुरी दिएको हो ।

३२ वर्षीय मोड्रिच सन् २०१२ मा इन्ग्लिस क्लब टोटेनहमबाट रियल आएका थिए । रियलबाट उनले एक पटक ला लिगा र चार पटक च्याम्पियन्स लिग जितेका छन् ।


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया