महोत्तरीमा क्यान्सरकाे उपचार सुरु

 भदौ २, २०७५ शनिबार ८:३२:१६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – पूर्वी नेपालमा क्यान्सर उपचार सेन्टरको अभाव रहेको समयमा रामगोपालपुरको अस्पतालबाट क्यान्सर सेन्टरको सुरुवात भएको छ ।  

विनयतारा फाउन्डेसन अमेरिका, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपालपुर नगरपालिका महोत्तरीको सहकार्यमा क्यान्सर स्क्रिनिङ सेवा सुरु भएको हो ।
केही वर्षमै सुविधासम्पन्न क्यान्सर सेन्टर बनाउने लक्ष्य लिई महोत्तरीको रामगोपालपुरमा यो सेवा सञ्चालनमा ल्याएको ट्रस्टका अध्यक्ष डा राकेश साहले बताउनुभयो ।

अब क्यान्सरपीडितलाई काठमाडौं वा भरतपुर धाउनुपर्ने अवस्थाको अन्त्य हुने दावी गर्दैसामुदायिक क्यान्सर अस्पतालको परिकल्पना गरेर सेवाको सुरुवात गरेको डा साहले प्रतिक्रिया दिनुभयो ।

हाल भाडाको घरबाट ओपीडी सेवा थालिए पनि केही वर्षमै सुविधासम्पन्न अस्पताल बनाउने योजना अघि सारिएको छ । जसका लागि नगरपालिकाले ५२ रोपनी जग्गा उपलब्ध गराएको छ । भवन निर्माण, क्यान्सर उपचार र निदानका लागि आवश्यक उपकरणको जिम्मा फाउन्डेसन र ट्रष्टले लिएका छन् । चार वर्षमा भौतिक निर्माण र उपकरण राख्ने काम पूरा गर्ने लक्ष्य लिइएको छ । त्यसअघि भने क्यान्सरको ओपिडि सञ्चालनमा रहनेछ ।

फाउन्डेसनको वेबसाइटमा उपलब्ध जानकारी अनुसार सेन्टरका लागि ७० करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ । जुन निर्माण, तालिम, उपकरण लगायतमा खर्च हुनेछ । ट्रस्टका अध्यक्ष डा. राकेशले राम्रो क्यान्सर उपचार केन्द्र निर्माणमा लागतको सीमा नरहने बताउनुभयो ।

स्वास्थ्य सेवाका दृष्टिकोणले पछि परेको क्षेत्रमा सुविधासम्पन्न अस्पताल खोल्ने फाउन्डेसनको प्रस्तावबाट नगरवासी खुशी भएको रामगोपालपुर नगरपालिकाका मेयर अशोक कुमार मण्डलले बताउनुभयो ।

नगरप्रमुख अशोककुमार मण्डल र  ट्रस्टका अध्यक्ष डा. राकेशले सहकार्यका लागि सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया