भारतको दिल्लीमा प्रधानमन्त्री मोदीको पार्टी भाजपालाई बहुमत, २७...
माघ २६, २०८१ शनिबार
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीवारका लागि आम हड्ताल घोषणा गरेपछि चौतर्फी आलोचना भइरहेको छ । सिर्जनात्मक आन्दोलनको साटो बन्द हड्तालमा उत्रिएर पुरानै राजनीतिक चरित्र देखाएको भन्दै विरोध भएको छ ।
बिहीवारको बन्दले परीक्षा दिन जाने विद्यार्थी मर्कामा पर्ने देखिएपछि प्रचण्ड–नेपाल समूहले प्रवेशपत्र देखाउने विद्यार्थीलाई नरोक्ने र उनीहरुका सवारी साधनलाई पनि चल्न दिने जनाएको छ ।
‘हामीसँग अरू विकल्प नै नभएर हड्तालमा जानुपरेको हो, परीक्षा हुने विद्यार्थीले प्रवेशपत्र देखाउनुभयो भने हाम्रा कार्यकर्ताले रोकतोक गर्दैनन्’, स्थायी कमिटी सदस्य पम्फा भुसालले उज्यालोसँग भन्नुभयो ।
प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीवार हड्तालको घोषणा गरेको हो ।
बुधवार (आज) केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरङ्कुशता बढ्दै गएकाले त्यसलाई रोक्न हड्ताल गर्नुपरेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
लालसिंह
Feb. 4, 2021, 6:53 a.m.सबै जाेगी कान चिरेका हुन । कसैको काम छैन। न अफु गर्छ, न अरूलाई गर्न दिन्छ । यिनीहरू काे चरित्र ऐना जस्तै छर्लङ्ग छ, तै पनि यी भेडाहरू किन उर्लिन्छन बेकार ?
RC
Feb. 3, 2021, 9:35 p.m.सत्तामा गएर लुट्न पाईएन भनेर बन्द आब्हान गर्नेलाई कट्टु खोलेर देखाउनु पर्छ👎