भारतको दिल्लीमा प्रधानमन्त्री मोदीको पार्टी भाजपालाई बहुमत, २७ वर्षपछि सरकार बनाउँदै

 माघ २६, २०८१ शनिबार १७:१९:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको संघीय राजधानीसमेत रहेको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत प्राप्त गरेको छ । बुधवार सम्पन्न मतदानको मतगणनाअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले बहुमत प्राप्त गरेको हो । ७० मध्ये भाजपासहितको गठबन्धनले ४७ सीट जितेको छ । अझै एक सीटमा अगाडि छ ।

यस्तै अहिलेका मुख्यमन्त्री अरविन्द केजरीवालको पार्टी आम आद्मी पार्टीले २१ सीटमा जीत हासिल गरेको छ । दिल्लीमा सरकार बनाउन ३६ सिट जित्नुपर्छ । कंग्रेस आईले कुनै पनि सिटमा जीत हासिल गर्न सकेन । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल नै यसपालि पराजित हुनुभएको छ । उहाँलाई भाजपाका प्रवेश शाहिब सिंह वर्माले पराजित गर्नुभयो ।

केजरीवाल यस अघि लागतार दुई पटक दिल्लीको मुख्यमन्त्री बन्नुभएको थियो । केजरीवाल जाँडरक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमा गत मार्च २१ मा पक्राउ पर्नुभएको थियो । त्यसले नागरिकहरू दिल्लीमा मोदी र भाजपालाई हेर्ने दृष्टीकोण नकारात्मक हुने र यसले कंग्रेस र आम आद्मीलाई चुनाव जिताउने विश्लेषण थियो । तर नजिता उल्टो आयो ।

केजरीवालले भारतीय जनता पार्टीलाई बधाई दिनुभएको छ । प्रधामनमन्त्री नरेन्द्र मोदीले दिल्लीमा विकास र शुसासनको जीत भएको प्रतिक्रिया दिनुभएको छ । २७ वर्षपछि भारतीय जनता पार्टीको नेतृत्वमा सरकार बन्ने भएको हो ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया