गायिका अरुणा लामाको आज स्मृति दिवस

 माघ २२, २०७७ बिहिबार १०:३७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गायिका अरुणा लामाको आज स्मृति दिवस । उहाँको सम्झनामा साङ्गीतिक कार्यक्रम हुँदैछन् । विसं २००२ साल भदौ २४ गते दार्जिलिङको घुम पहाडमा जन्मिएकी लामाको २०५४ साल माघ २२ गते काठमाण्डौमा निधन भएको थियो ।

‘ए कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत अरुणा लामाले गाएको पहिलो गीत हो भने ‘किन यौवन उदास छ मेरो’ भन्ने गीतबाट उहाँको गीतियात्रा अघि बढेको थियो । उहाँका ‘एक्लै बस्दा सधैँ मलाई’, ‘पोहोर साल खुशी फाट्दा’, ‘मनमा तिम्रो’, ‘हेर न हेर कान्छा’ लगायतका गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया