काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
एशियाली खेलकुदको १८अाैं संस्करण आजदेखि इन्डोनेशियाका २ सहरमा सुरु हुँदैछ ।
शनिबार अपराह्न हुने औपचारिक उद्घाटनका लागि ४५ देशका खेलाडीहरु इन्डोनेशिया पुगिसकेका छन् । उद्घाटन समारोहलाई भब्य बनाउन आयोजक देशले कुनै कसर बाँकी नराख्ने बताइसकेको छ ।
नेपालले यसपटकको एशियाडमा २९ खेलमा सहभागिता जनाउँदैछ । २९ खेल मध्य फुटबलको प्रतिस्पर्धा शुरु भइसकेको छ ।
फुटबलमा अहिलेसम्म २ खेलमा पराजित हुँदै अर्को चरणमा पुग्न भाग्यको फैसला अन्तरगत पाकिस्तानसँग खेल्न बाँकी छ । १८औं संस्करणसम्म आईपुग्दा नेपालले जम्मा २३ वटा मात्र पदक जितेको छ ।
त्यसमा १ रजत र २२ वटा कास्य पदक रहेका छन् । सन् १९५१ मा भारतबाट शुरु भएको एशियाड सबैभन्दा बढी थाईल्याण्डले ४ पटक आयोजना गरिसकेको छ । थाइल्याण्डले पहिलो पटक १९६६ मा आयोजना गरेको थियो भने त्यस लगत्तैको १९७० एशियाड पनि थाइल्याण्डमै भयो ।
यसैगरी १९७८ र १९९८ मा पनि थाइल्याण्डमै भएको थियो । १९५१ मा पहिलो पटक र सन् १९८२ मा पनि आयोजना गरेको थियो ।
१९५८ मा आयोजना गरेको दोस्रो पटक १९९४ मा आयोजना गरेको थियो । तेस्रो पटक भने जापानले २०२६ को एशियाड आयोजना गर्ने जिम्मेवारी पाइसकेको छ । यसैगरी चीनले २ वटा संस्करणको एशियाड सफलता पूर्वक सम्पन्न गरिसकेको छ भने सन् २०२२ को एशियाड पनि चीनलेनै आयोजना गर्ने छ ।
चीनले सन् १९९० र सन् २०१० मा एशियाड आयोजना गरेको थियो । दक्षिण कोरियाले भने तीन पटक एशियाड आयोजना गरेको छ ।
दक्षिण कोरियाले १९८६, २००२ र २०१४ को एशियाड आयोजना गरेको थियो । फिलिपिन्स, इरान र कतारले एक एक पटक आयोजना गरेका छन् ।
फिलिपिन्सले १९४५, इरानले १९७४ र कतारले २००६ मा आयोजना गरेका हुन् । एशियाली देशहरुको ओलम्पिक मानिने एशियाडमा ४५ देशका खेलाडीहरु सहभागि हुँदै आएका छन् ।
१८औं संस्करणसम्म आइपुग्दा नेपालले २ वटा बाहेक बाँकी १६ वटा एशियाडमा सहभागिता जनाएको छ । एशियाली खेलकूदमा सहभागिता जनाउँदै आएको नेपालले अहिलेसम्म आयोजना गर्ने दाबेदारिता भने प्रस्तुत गर्न सकेका छैन् ।
एशियाडमा सबैभन्दा सफल देश चीन र जापान हुन् । अहिले सम्म चीन ९ पटक पहिलो स्थानमा रहँदा जापान ८ पटक पहिलो भएको छ ।
१९५१देखि १९७८ सम्मका लगातार एशियाडमा जापान शीर्ष स्थानम रहेको थियो । त्यसपछि चीनले उछिन्दै आएको छ ।
जापानले अहिले सम्म ११२४ पदक जितिसकेको छ । जसमा ४९६ स्वर्ण पदक, ३७२ रजत पदक र २५६ कास्य पदक समावेश छन् । यसैगरी लगातार ९ पटक शीर्ष स्थानमा रहेको चीनले ३१८२ पदक जितेको छ । १४८२ स्वर्ण पदक, ९८७ रजत पदक र ७६० कास्य पदक जितेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।