लुम्बिनी प्रदेशको राजधानीमा ‘राप्ती चक्रपथ’

 माघ २४, २०७७ शनिबार १८:२१:२३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको राप्ती गाउँपालिकाले सबै वडालाई एउटै सडकले जोड्ने गरी राप्ती चक्रपथ निर्माण गर्ने भएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी समेत तोकिएको राप्ती गाउँपालिकाले झण्डै एक अर्ब रुपैयाँको लागतमा आफ्नो गौरवको आयोजना अघि सारेको हो । ९ वटै वडालाई जोड्ने ३४ किलोमिटर लामो सडकको निर्माण कार्य पूर्व र पश्चिमबाट एकैपटक सुरु भएको छ ।

१२ मिटर चौडाइ रहने चक्रपथबाट वडाका गाउँ जोड्नका लागि अरु ६ वटा सडकलाई समेत सँगसँगै निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभयो । तीनै तहका सरकारको लगानीमा निर्माण सुरु भएको राप्ती चक्रपथबाट लुम्बिनी प्रदेशको राजधानीमा व्यवस्थित सडकमार्गको विकास हुने अध्यक्ष सुवेदीले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया