सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

 माघ २६, २०७७ सोमबार ११:१८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ ।

बजेट अधिवेशन भएको ५ महिनापछि आजदेखि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

गएको जेठ १३ गते देखि सुरु भएको सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन भदौ ३१ गते सकिएको थियो । आजको बैठकमा तीनवटा विधेयक पेस गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेपछि सफल नहुने भएको छ ।

सुदूरपश्चिम प्रदेशमा ओली समूहका सांसदहरु अल्पमतमा रहेकाले उनीहरुको प्रयास असफल हुने देखिएको हो । प्रदेश सरकारबाट बाहिरिसकेको ओली समूहका सांसदहरुले अविश्वासको प्रस्तावका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ खोजिरहेको बुझिएको छ ।

अहिले सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सांसदमध्ये नेकपाका मात्रै ३९ जना रहेका छन् । उनीहरुमध्ये ७ जनामात्रै ओली समूहका रहेका छन् । यस्तै नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद रहेका छन् । यसअघि वाग्मती प्रदेश र प्रदेश-१ का मुख्यमन्त्रीविरूद्ध नेकपा प्रचण्ड-नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया