पहिलाे चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने सरकारकाे निर्णय

 माघ २७, २०७७ मंगलबार ११:११:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले पहिलो चरणमा ४० जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ  ।

हिजो बसेको मन्त्रिपरिषद्काे बैठकले पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरणमा २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २, गण्डकीका ४० जिल्लामा चुनाव हुनेछ भने दोस्रो चरणमा सुदूरपश्चिम, वाग्मती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने निर्णय भएको छ । गएको पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गर्दै वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गर्ने घोषणा गर्नु भएको थियो ।

चुनावका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगमा जाँदै हुनुहुन्छ । नेकपाको विवाद र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि फैसला भइनसकेकाले चुनाव हुनेमा भने आशङ्का छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया