अटल बिहारी वाजपेयीको आलोचना गर्ने प्रोफेसरलाई जिउँदै जलाउने प्रयास

 भदौ २, २०७५ शनिबार १४:५७:४ | एजेन्सी
unn.prixa.net

बिहारमा सामाजिक सञ्जालमा अटल बिहारी वाजपेयीको अलोचना गर्ने एक प्रोफेसरलाई जिउँदै जलाउने प्रयास गरिएको छ ।

आफूलाई राष्ट्रिय स्वयं सेवक संघ(आरएसएस) र बजरंग दलका कार्यकता बताउने एउटा भिडले मोतिहारीमा रहेको महात्मा गान्धी विश्वविद्यालयमा पढाउने प्रोफेसर सञ्जय कुमारलाई पेट्रोल छर्केर जलाउने प्रयास गरेका हुन् । 

इन्डियन एक्सप्रेसका  अनुसार यस मामिलामा १२ जना विरुद्ध उजुरी  दर्ता भएको छ ।

प्रोफेसर सञ्जय कुमारले आफ्ना एक मित्रको फेसबुक पोस्टमा टिप्पणी गर्दै लेखेका थिए, ‘अटल बिहारी वाजपेयी नेहरुवादी समाजवादलाई मान्नेवाला थिएनन् । उनी सधैँ आरएसएसप्रति वफादार थिए । उनले सधैँ दक्षिणपन्थी एजेण्डालाई अगाडि बढाउने काम गरे ।’ कुमार अगाडि लेख्छन्, ‘भारतीय फासिवादको एउटा युग समाप्त भएको छ । अटलजी अनन्त यात्रामा निस्किएका छन् ।’ 

विश्वविद्यालयकी एक कर्मचारी प्रमोद मीणाका अनुसार सञ्जय कुमारलाई पहिले फोनबाटै धम्काइएको थियो । त्यसपछि दिउँसो १०–१२ जनाको भिड कुमारको घरभित्रै छिरेर जुत्ता र रडले हान्न थाले । त्यसपछि भिडले उनलाई पेट्रोल छर्केर जलाउने प्रयास पनि गर्यो ।

प्रोफेसर कुमारका साथी र विश्वविद्यालयका केही छात्र आएर उनलाई जोगाए । यो घटनापछि विश्वविद्यालयका एक छात्र अमित विक्रम बेपत्ता भएको बताइएको छ । उनलाई त्यही भिडले अपहरण गरेको विश्वविद्यालयका छात्रहरुले बताएका छन् । 

यस घटनाको पछाडि अर्को कारण पनि भएको बताइएको छ । प्रोफेसर कुमार विश्वविद्यालयका कुलपतिको खुलेर आलोचना गर्थे । उनी कुलपतिविरुद्ध भएको एउटा विरोध प्रदर्शनमा पनि सहभागी भएका थिए । सञ्जयका अनुसार कुलपतिविरुद्ध किन बोलिस् भनेर पनि उनीमाथि कुटपिट भएको थियो ।  
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया