रहेनन् भारतीय अभिनेता राजीव कपूर

 माघ २७, २०७७ मंगलबार १५:१३:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय अभिनेता राजीव कपूरकाे मङ्गलवार निधन भएकाे छ । 

राजीव कपूरकाे हृदयाघातका कारण निधन भएकाे उनका ठूला दाजु रणधीर कपूरले बताएकाे बीबीसीमा उल्लेख छ । 

राजीव कपूर ५८ वर्षका थिए । उनी राज कपूरका कान्छाे छाेरा थिए भने रणधीर कपूर र ऋषि कपूरका भाइ थिए ।

उनले राज कपूरकाे फिल्म 'राम तेरी गंगा मैली' बाट फिल्मी यात्रा सुरु गरेकाे थिए । त्याे फिल्म निकै सफल रहेकाे थियाे । यद्यपि राजीव कपूरले धेरै फिल्ममा काम गरेनन् । 

ऋषि कपूरकाे निकै चर्चित फिल्म 'प्रेम ग्रंथ' लाई राजीव कपूरले निर्देशन गरेका थिए ।   

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया