हराएका २५ वटा माेटरसाइकल सम्बन्धित धनीलाई बुझाइयाे

 माघ २७, २०७७ मंगलबार १६:४८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

मङ्गलवार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रमको आयोजना गरी भेटिएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । उपत्यकाका विभिन्न ठाउँबाट हराएका मोटरसाइकल बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तीनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालीमाटी, महाराजगञ्ज, कलङ्कीलगायतका ठाउँबाट फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो । 

​प्रमुख भट्टराईले मोटरसाइकल हराउने अवस्था रोकी सवारी धनीलाई मानसिक र आर्थिक क्षतिबाट कसरी बचाउन सकिन्छ भन्नेबारे आफूले उपाय खोजिरहेको बताउनुभयो । सवारी धनी स्वयंले सवारी हराउनु हुन्न भन्नेमा चिन्तित भएर अतिरिक्त सुरक्षाको व्यवस्था गरे हराउने क्रम घट्न सक्ने उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरीले सादा पोसाकका प्रहरी परिचालन गरेर हराएका मोटरसाइकल र स्कुटर खोज्ने कामलाई तीव्रता दिएको प्रमुख भट्टराईले बताउनुभयो ।  

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया