राज्यविरुद्धको कसुर गरेको भन्दै रामकुमारी झाँक्रीविरुद्ध पक्राउ पुर्जी जारी

 माघ २९, २०७७ बिहिबार १३:७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड -नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ ।

राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ पुर्जी जारी गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । यसअघि प्रहरीले सोधपुछका लागि बोलाएको थियो । तर, झाँक्रीले महाशाखा जान अस्वीकार गर्नु भएको थियो । झाँक्रीलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी उहाँको निवास शङ्खमूल पुगेका छन् ।

झाँक्रीको समर्थनमा शङ्खमूलमा अहिले नाराबाजी भइरहेको छ । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर ओली समूहको अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारबाही गर्न माग गरेपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो ।

हिजो काठमाण्डौमा भएको प्रचण्ड–नेपाल समूहको आमसभामा झाँक्रीले आफूविरुद्ध लगाइएको आरोपको विरोध गर्नुभएको थियो ।

 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया